Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एक युवकको मृत्यु 

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । 

जिल्लाको शैल्यशिखर नगरपालिका –६ मिलमिलीका २६ बर्षीय सुन्दरराम लुहारको भीरबाट लडेर मृत्यु भएको हो । 

वडा नं ६ कै जेबलधार भीरबाट लडेर लुहारको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको बताइएको छ । उनी भीरबाट लडेर करीब एक सय मिटर तल खसेका थिए । 
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update