Sagun Khabar
मोबाइल र इन्टरनेट नहुँदो हो त दिन कसरी काटिन्थ्यो होला ?

गोविन्द पन्त बैतडी - मानसिक स्वास्थ्यसम्बन्धी विज्ञहरूले लामो समयदेखि भन्दै आएका छन ।

दिनमा दुई घण्टाभन्दा बढी स्मार्टफोनको प्रयोग हानिकारक हुन्छ । हामीमध्ये अधिकांश व्याक्ती बिहान आँखा खुल्ने बेलादेखी बेलुका आँखा बन्द हुने बेला सम्म मोबाइल हेरि नै रहन्छौ। अपवाद मात्र होलान्, जो दिनमा दुई घण्टामात्र मोबाइलमा भुल्छन् । अहिले मोबाइल चलाउनु कतै बाध्यता छ, कतै आवश्यकता पनि तर धेरै चलाउँदा भने मोबाइलको लत एकदिन गम्भीर घातक हुन सक्ने फिजियो थेरापिष्ट बिरासन राज भण्डारीले बताए ।

अनलाइनमा समाचार पढ्न, फेसबुक चलाउन, फोन कल/भिडियो कल गर्न, युट्युबमा भिडियो हेर्न, गेम खेल्न, फोटो/भिडियो खिच्न, टिकटक बनाउन, सबै कामका लागि मोबाइल अनिवार्य बनेको छ । साँच्चै हाम्रा हरेक गतिविधि मोबाइलसँग जोडिएका छन् । तेसैले त धेरैले फेसबुकमा लेख्ने गर्छन, ‘मोबाइल र इन्टरनेट नहुँदो हो त दिन कसरी काटिन्थ्यो होला ? यो प्रश्न उब्जिनुको एउटा कारण हो- कार्यव्यस्तता नहुनु र बेरोजगारी बढ्नु !

तसो त , पछिल्लो समय भने बालबालिकालाई समेत मोबाइल नहुदा बस्नै गाह्रो हुने देखिन्छ । मोबाइलको अत्यधिक प्रयोगले बालबालिकामा ध्यान केन्द्रित गर्न नसक्ने, चिडचिडापन, झूट बोल्ने बानी, र सामाजिक व्यवहारमा विचलन देखिने गरेको डाक्टर अनिल सुबेदिले बताए ।

मान्छेहरू अहिले घरमा त बसिरहन्छन तर बेचैनी र छटपटीको आडमा , जुन बेचैनी र छट्पटी मोबाइलको लतले निमत्याएको हो । तर पनि यो लतको संक्रमणबाट बच्न सकारात्मक रूपमा लिन नसक्नुले मानिसमा के कति खतरा निम्तिएको छ । तसर्थ सन्तुलित प्रयोग, मोबाइलको समय सीमा तोक्नु, बालमैत्री वैकल्पिक गतिविधि (जस्तै खेलकुद, चित्रकला, सङ्गीत, पुस्तक पढ्ने) मा बालबालिकालाई सक्रिय गराउनु आवश्यक रहेको र अभिभावकले समेत आफू अनुशासित भई मोबाइलको सही प्रयोग गर्न सिकाउनु पर्ने डाक्टर अमित झाको भनाइ रहेको छ ।

मोबँइलका सुखद पक्ष पनि धेरै छन् तर त्यसको सन्तुलन मिलाउन सकिएन भने खतरा पनि उत्तिकै छ । तसर्थ मोबाइललाई सिमित आवश्यक खोज अध्ययन , मानसिक आनन्द र पारिवारिक सम्बन्ध विस्तार गर्ने माध्यमको रुपमा मात्रै प्रयोग गर्नु पर्दछ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update