दार्चुलाको व्याँसमा पहिरोका कारण दुई घरमा क्षति

दार्चुला –दार्चुलाको व्याँसमा खसेको पहिरोका कारण दुई घरमा क्षति पुगेको छ ।
व्याँस गाउँपालिका वडा नं २ राप्लाको गोतपानी टोलमा आइतबार राति ११ बजेतिर खसेको पहिरोको कारण स्थानीय कालुराम कामी र मानमती कामीको घरमा क्षति पुगेको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले बताए ।
विपद्को यो समयमा प्रभावित परिवारलाई सहयोग गर्न उनले सबैमा आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ १७:१५
प्रतिक्रिया दिनुहोस्