दार्चुलामा चरेशसहित एक जना पक्राउ

दार्चुला –दार्चुलामा चरेशसहित एक युवक पक्राउ परेका छन् ।
दार्चुलाको महाकाली नगरपालिका ४ महाकाली करीडोरबाट सोही ठाउँ बस्ने २२ बर्षीय युवक किसन लुहार चरेशसहित पक्राउ परेका हुन् ।
लुहारलाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम लागूऔषध चरेश फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ ०७:३४
प्रतिक्रिया दिनुहोस्