Sagun Khabar
आज सुदूरपश्चिम , कोशी, गण्डकी र लुम्बिनी   प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ – आज दिउँसो कोशी प्रदेश तथा राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

राति गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update