दार्चुलामा जिप दुर्घटना, एकको मृत्यु, १० घाइते

दार्चुला - दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार (आज) महाकाली नगरपालिकाको वडा नम्बर ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर ६ को बजगाडी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिपमा जम्मा १२ जना सवार रहेकोमा एक जनाको घटना स्थल मै मृत्यु भइसकेको र ९ जना घाइते भएका छन् । जिपमा सवार मध्ये २ जना सकुसल रहेका छन् । मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको छ । घाइते सबैलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।
मृतकको पहिचान खुलेको छैन भने घटना बारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ १८:३०
प्रतिक्रिया दिनुहोस्