Sagun Khabar
बैतडीको देहीमाण्डौंमा एबीसी क्रिकेट प्रतियोगिता शुरु 

बैतडी –बैतडीको देहीमाण्डौंमा एबीसी क्रिकेट प्रतियोगिता शुरु भएको छ । सम्बन्ध शक्ति नेपालको आयोजनामा आजदेखि शुरु भएको टि–१० क्रिकेट प्रतियोगितामा २२  टीमको सहभागिता रहेको छ । 

प्रतियोगिताको पहिलो दिन तीनओटा खेल सम्पन्न भएका प्रतियोगिता संयोजक लवकुश बोहराले बताए । 

पहिलो खेलमा निङ्गलाशैनी वारियरले एनवाइसीलाई २३ रनले पराजित गरेको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित ओभरमा १५४रन बनायो । 

१५५ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एनवाइसीले १० ओभरमा तीन विकेट गुमाएर १३१ रनमात्रै बनाउन सक्यो । 

उक्त खेलमा निङ्गलाशैनीका खडक बोहरा म्यान अफ द म्याच चुनिए । 

यस्तै आजै भएको दोश्रो खेलमा पञ्चकोटी युथ क्लबले निङ्गलाशैनी वारियरलाई १७ रनले पराजित गरेको छ  । 

निङ्गलाशैनी टस जितेर फिल्डिङ रोजेपछि पञ्चकोटीले ब्याटिङ गरेको थियो । उक्त खेलमा पञ्चकोटीले १६७ रन बनायो । 

१६८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको निङ्गलाशैनीले १० ओभरमा ५ विकेट गुमाएर १५० रनमात्रै बनाउन सक्यो । उक्त खेलमा पञ्चकोटीका सुमित बुडाल म्यान अफ द म्याच घोषित भए । 

यस्तै आजै भएको तेश्रो खेलमा पञ्चकोटीले एनवाइसीलाई ६८ रनले पराजित गर्दै विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको पञ्चकोटीले १० ओभर खेल्दै १७० रन बनायो । 

१७१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एनवाइसीले ९.२ ओभरमा अलआउट हुँदै १०२ रनमात्रै बनाउन सक्यो । उक्त खेलमा पञ्चकोटीका अंशु बुडाल म्यान अफ द म्याच घोषित भए । 

प्रतियोगिताको विजेताले नगद ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 
यस्तै म्यान अफ द सिरिजलाई ५ हजार १ सय, बेष्ट ब्याट्सम्यानलाई ३ हजार १ सय र बेष्ट बलरलाई ३ हजार १ सय प्रदान गरिने जनाइएको छ । 

यस्तै म्यान अफ दि म्याचलाई आकर्षक ट्रफी प्रदान गरिने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update