Sagun Khabar
दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु 

दार्चुला  –दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

जिल्लाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा जिप मालिक ३४ बर्षीय करबीरसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शुक्रवार बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले बताए ।

जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update