Sagun Khabar
दार्चुलाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प 

दार्चुला –दार्चुलाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । 

आइतबार बिहान ८ बजेर २८ मिनेटमा अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए । 

उक्त भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस गरिएको छ । 

नेपालको पश्चिमी क्षेत्रमा भूकम्पीय जोखिम रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन् । पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएको ५ सय बर्षभन्दा बढी भइसकेकाले यो क्षेत्रमा भूकम्पीय जोखिम उच्च रहेको तिमल्सिनाले बताए ।

स–साना भूकम्प जानुले पनि जमीनभित्र भूकम्पीय शक्ति सञ्चित रहेको कुरा पुष्टि हुने गरेको तिमल्सिनाले बताए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update