Sagun Khabar
बैतडीको सुर्नयामा पौष १० देखि पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता हुने 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले यही पौष १० गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाले आज एक सूचना जारी गर्दै पौष १० देखि रौलेश्वर मावि रामकी बरायलमा प्रतियोगिता सञ्चालन हुने जनाएको हो । उक्त प्रतियोगितामा भाग लिने पालिकाभरीका माध्यमिक विद्यालयहरुलाई पौष ८ गतेभित्र दर्ता गरिसक्न आग्रह गरिएको छ । विद्यालयहरुले रौलेश्वर मावि रामकी बरायलमै प्रतियोगितामा सहभागिताका लागि फारम दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ । 

जिल्ला खेलकुद विकास समितिले माघ महिनामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएकाले त्यसअघि पालिकास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागेको सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

पालिकास्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु समेटेर जिल्लास्तरीय प्रतियोगितामा भाग लिनका लागि पालिकाको टीम तयार पारिने बताइएको छ । 

प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, छात्र÷छात्रा एथलेटिक्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । 

प्रतियोगितामा भाग लिने विद्यार्थी १८ बर्ष मुनिको हुनुपर्ने र कक्षा १२ सम्म नियमित अध्ययनरत हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

Surnaya-1765971947.jpg
 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update