जिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी –जिल्ला अस्पताल बैतडीमा निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

यही मंसिर ३ गते गेटा मेडिकल कलेजका बिशेषज्ञ चिकित्सकले शिविरमा सेवा दिने जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरीटेन्डेन्ट डा. अरविन्द जोशीले जानकारी दिए । मानसिक समस्या भएका बिरामीहरुलाई सहज होस् भनेर शिविरको आयोजना गरिएको उनले बताए । 

जिल्ला अस्पतालमा सञ्चालन हुने शिविरमा आएर सेवा लिन बिरामीहरुलाई आग्रह गरिएको जिल्ला अस्पताल बैतडीका नायब सुब्बा बिरसिंह महराले बताए । जिल्ला अस्पतालमा मानसिक बिशेषज्ञको दरबन्दी नभएकाले शिविरमार्फत सेवा दिने तयारी भएको उनले बताए । 

मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका बिरामीहरुलाई मंसिर ३ गते बिहीबारका दिन अस्पताल आएर सेवा लिन आग्रह गरिएको छ । विभिन्न समस्याका कारण टाढा गएर सेवा लिन नसकेका बिरामीहरुको सहजताका लागि शिविरको आयोजना गरिएको डा. जोशीले बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update