दार्चुलामा भूकम्पको धक्का
दार्चुला –दार्चुलामा शनिबार राति भूकम्प गएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रबिन्दु भएर राति ८ बजेर ३६ मिनेटमा ३ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्पको धक्का दार्चुला, बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लामा समेत महसुस गरिएको थियो ।
पछिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहको छ । आजको भूकम्पबाट हालसम्म क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ५, २०८२ २१:५४
प्रतिक्रिया दिनुहोस्




