दार्चुलामा जिप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते
दार्चुला –दार्चुलामा शनिबार राति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार राति दार्चुलाको मार्मा गाउँपालिका–३ भैसेबगडनजिक जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मार्माको लटिनाथ बजारबाट भैसे बगडतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ड २६०४ नम्बरको जिप शनिबार राति ९ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मार्मा गाउँपालिका–६ का केशव जोशीको मृत्यु भएको छ । मार्मा गाउँपालिका–६ सेरी बस्ने चालक माधव महरा घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते महराको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०८२ ०७:१६
प्रतिक्रिया दिनुहोस्




