Sagun Khabar
बैतडीको सुर्नयामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

बैतडी–बैतडीको सुर्नयामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । 

सुर्नया गाउँपालिकाको आयोजना र पालिकास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा रौलेश्वर मावि रामकी बरायलमा खेलकुद प्रतियोगिता शुरु गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाभरीका १३ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । 

सुर्नया गाउँपालिकास्तरीय खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर महराको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । उद्दघाटन सत्रमा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहरा विशिष्ट अतिथी रहेका थिए । उद्दघाटन सत्रमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

प्रतियोगिता उद्दघाटन सत्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले स्थानीयस्तरमा सञ्चालन हुने खेलकुदका गतिविधिले खेलाडीहरुको क्षमता अभिवृद्धि हुने बताइन् । 

यस्तै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले खेलकुद क्षेत्रको विकास लागि पालिका सदैव सकारात्मक रहेको बताए । 

जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीले खेलकुद क्षेत्रको विकासले अन्य क्षेत्रको विकास समेत टेवा पुग्ने बताए । 

प्रतियोगिता अन्तर्गत आज भलिबल लगायत एथलेटिक्सका खेलहरु सञ्चालन भएका बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update