बैतडीको शिवनाथमा पौष २१ र २२ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले यही पौष २१ र २२ गते पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
यही पौष १० गते गाउँपालिकामा विद्यालयका प्रधानाध्यापकहरुसहित बसेको बैठकले पौष २१ र २२ गते प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
उक्त प्रतियोगितामा गाउँपालिकाभरी सबै माध्यमिक विद्यालयहरुलाई सहभागिताका लागि आग्रह गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२ १६:५०
प्रतिक्रिया दिनुहोस्




