Sagun Khabar
गुजर माविका खेलाडीहरुलाई ड्रेस वितरण 

बैतडी –बैतडीको पाटन नगरपालिका–३ स्थित गुजर माविका खेलाडीहरुलाई ड्रेस वितरण गरिएको छ । 

यही पौष १५ गतेदेखि पाटन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयकातर्फबाट सहभागी हुने ३० जना खेलाडीहरुलाई आज ड्रेस वितरण गरिएको हो । 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बैतडी शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीहरुलाई ड्रेस वितरण गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बैतडीका प्रमुख लोकेन्द्र बिष्टले बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह बिष्ट र वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्ट समेत उपस्थितीमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर ड्रेस वितरण गरेको बिष्टले बताए । 

बीमा कम्पनीबाट गरिएको सहयोगले विद्यालयका खेलाडीहरुलाई सहज हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update