करणी मुद्दामा फरार रहेका दार्चुलाका दुई जना पक्राउ
दार्चुला –करणी मुद्दामा फरार रहेका दार्चुलाका एक महिला र एक पुरुष ९ वर्षपछि पक्राउ परेका छन् ।
हाडनाता करणी मुद्दामा जिल्ला अदालत दार्चुलाबाट तीन महिना कैद सजाय तोकिएका नौगाड गाउँपालिका–३ का २६ बर्षीय देवेन्द्र ठगुन्ना र १ महिना १५ दिन कैद सजाय तोकिएकी सोही ठाउँकी ३० वर्षीया मौना ठगुन्नालाई पक्राउ गरिएको हो ।
२०७३ साल जेठ ३० गते कैद सजाय तोकिएपछि दुवै जना फरार रहेका थिए । जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई आइतबार पक्राउ गरिएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्




