Sagun Khabar
पाटन नगरस्तरीय रनिङ शिल्डको उपाधी कृष्ण माविलाई

बैतडी– बैतडीको पाटन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कृष्ण मावि पाटनले हात पारेको छ । ८ स्वर्ण, ३ रजत र १ कास्यसहित पाँचौ पाटन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कृष्ण माविले उचालेको हो । 

यो सँगै कृष्ण माविले लगातार पाँचौं पटक नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेको हो । 

यस्तै सिगास मावि गौरीशंकर पोखरी, ५ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेर दोश्रो भएको छ भने त्रिपुरेश्वर मावि कुलडाले ४ स्वर्ण, २ रजत तथा ५ कास्य पदक जितेर तेश्रो स्थान हासिल गरेको छ । 

प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र एक कास्य गरि ९ पदक हात पार्दै सरस्वती माविले सान्त्वना स्थान हात पारेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले जानकारी दिए । 

पुष १५ गतेदेखि शुक्रबारसम्म कृष्ण माविको खेलमैदान पाटनमा सन्चालन भएको प्रतियोगितामा १६ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update