Sagun Khabar
दार्चुलामा चरेशसहित दुई जना पक्राउ 

दार्चुला –दार्चुलामा चरेशसहित दुई जना पक्राउ परेका छन् । 

दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ सेल्प्यास्थित महाकाली करिडोरमा डिङ्सीबाट उकु तर्फ जादै गरेको से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक मालिकार्जुन गाउँपालिका–७ डिङ्सी बस्ने ३० वर्षीय महेन्द्र सिह धामी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीय मधुकर उपाध्याय चरेशसहित पक्राउ परेका हुन् । 

दुवै जनाको साथबाट ९१७ ग्राम चरेश, १० हजार भारु र नेपाली १ हजार ३५० नगद फेला पारेको प्रहरीले जनाएको छ । 

दुवै जनालाई प्रहरी चौकी जोलजीबी, दार्चुलाबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update