Sagun Khabar
शिवनाथ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि नागार्जुन माविलाई 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि नागार्जुन मावि शर्मालीले जितेको छ । 

प्रतियोगितामा १४ स्वर्ण, ७ रजत र ७ कास्य पदक जित्दै नागार्जुन माविले शिल्ड हात पारेको हो । 

यस्तै ७ स्वर्ण, ६ रजन र ६ कास्य पदकसहित उदय मावि कफाडी दोश्रो भएको छ भने ३ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै हिरापुर मावि बसेडीभ्वाँ तेश्रो भएको छ । 

सोमबारदेखि शुरु भएको प्रतियोगितामा पालिकाभरीका ९ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

मंगलबार प्रतियोगिता समापन गरिएको हो । शिवनाथ गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डमा विद्यार्थीहरुको सहभागितालाई दृष्टिगत गर्दैै दुई दिन बिदा समेत दिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update