Sagun Khabar
सिगास गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

बैतडी–बैतडीको सिगासमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । 

अर्जुन मावि गाँजरीको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको आज एक समारोहकाबीच उद्दघाटन गरिएको छ । प्रतियोगितामा पालिकाभरीका १५ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । 
प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, एथलेटिक्स लगायतका खेलहरु सञ्चालन भइरहेका छन् । 

प्रतियोगिताको उद्दघाटन सत्रमा गाउँपालिका अध्यक्ष हरिसिंह धामी लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । यस्तै विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update