मेलौली नगरस्तरीय रनिङ शिल्डको उपाधी मणिलेक माविलाई
बैतडी–बैतडीको मेलौली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मणिलेक मावि काँडा मेलौलीले हात पारेको छ । ११ स्वर्ण, १० रजत, ३ कास्य पदकसहित मणिलेक मावि काँडाले उपाधी जितेको हो ।
यस्तै प्रतियोगितामा मेलौली नगरपालिका–९ स्थित विशालपुर मावि दोश्रो भएको छ । उसले ७ स्वर्ण, ७ रजत र ३ कास्य पदक हात पारेको नगर खेलकुद विकास समिति अध्यक्ष शंकरसिह भण्डारीले बताए ।
प्रतियोगितामा ४ स्वर्ण र १ कास्य पदकसहित भरतपुर मावि गाउँकोट तेश्रो भएको छ ।
मेलौली नगरपालिका–१ स्थित नगर स्टेडीयम बिठ्ठने खेलमैदानमा गएको मंगलबारदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रकाशित मिति: शनिबार, माघ १७, २०८२ ०८:०३
प्रतिक्रिया दिनुहोस्



