Sagun Khabar
खेलाडी विद्यार्थीलाई जुत्ता सहयोग 

बैतडी–बैतडीको सरस्वती मावि नगतडीका खेलाडी विद्यार्थीहरुलाई जुत्ता सहयोग गरिएको छ । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुलाई स्थानीय रोहितसिंह कार्कीले जुत्ता सहयोग गरेका हुन् । दशरथचन्द नगरपालिका –६ सेरा घर भएका कार्की अहिले ब्रिटिश आर्मीमा कार्यरत रहेका छन् । 

कार्कीले खेलाडी विद्यार्थीहरुलाई जुत्ता सहयोग गरेपछि सहज भएको विद्यालयका प्रधानाध्यापक हरिशरण उपाध्यायले बताए । दशरथचन्द नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिदेखि शुरु हुँदैछ । उक्त प्रतियोगितामा विद्यालयको सहभागिता रहने प्रधानाध्यापक उपाध्यायले बताए । 
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update