Sagun Khabar
मेयर कप राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा

बैतडी–मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको १४ सदस्यीय टोली घोषणा गरिएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार किरनकुमार ठगुन्नाको कप्तानीमा टोली सार्वजनिक गरिएको हो । टोलीमा गजेन्द्र बोहरा, किरन धामी, रोशन साउद, आयुश द्वारिया, लोकेन्द्र चन्द, मिलन बोहरा, आशिष तिरुवा, सौर्य श्रेष्ठ, सुशिल रावल, टेक रावत, कैलाश ऐर, लोकेन्द्र ऐर र दीपक टमटा रहेका छन् । 

उक्त टोलीले नवलपरासीको गैँडाकोट नगरपालिकाको प्रवद्र्धन, नव जागरण ग्रामीण विकास केन्द्रको आयोजना तथा नवलपुर जिल्ला क्रिकेट सङ्घको सह–आयोजनामा हुने पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

प्रतियोगिताको विजेताले रु तीन लाख तथा उपविजेताले रु दुई लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update