Sagun Khabar
आईसीसी टी–२०आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा

काठमाण्डौं –नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । 

आईसीसीले बुधबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार उनी छैटौँ स्थानबाट चौथो स्थानमा पुगेका हुन् । 

टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रको वरियता सुधार भएको हो। उनले प्रतियोगितामा नेपालका लागि सर्वाधिक १६९ रन बनाएका थिए भने बलिङतर्फ दुई विकेट लिए ।

उनको रेटिङ अंक २०२ बाट बढेर २४४ पुगेको छ, जसले उनलाई शीर्ष चारमा पु¥याएको हो । 
 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update