बझाङमा चरेशसहित दुईजना पक्राउ
बझाङ –बझाङमा लागू औषध चरेशसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका–३ भिडमुनीबाट ७ ग्राम ६ सय ७० मिलिग्राम चरेशसहित बिहीबार बिहान दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ का १९ बर्षीय प्रविन दमाइ र २० बर्षीय शेरबहादुर दमाइ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चरेशसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३ १७:५२
प्रतिक्रिया दिनुहोस्





