चरेशसहित एक महिला पक्राउ
बझाङ –बझाङमा लागू औषध चरेशसहित एक महिला पक्राउ परेकी छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका–१० की २५ बर्षीया साधना बोहरालाई ३१४ ग्राम ८४० मिलिग्राम चरेशसहित प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
जयपृथ्वी नगरपालिका–१० बसपार्कमा बोहराले सञ्चालन गरेको किराना पसलबाट बिशेष सूचनाको आधारमा उनलाई चरेशसहित पक्राउ गरिएको हो ।
यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३ ११:५२
प्रतिक्रिया दिनुहोस्





