Sagun Khabar
बैतडीमा दुई दिने चर्मण्वती साहित्य सम्मेलन सम्पन्न 

बैतडी –बैतडीको डिलाशैनीमा आयोजना गरिएको दुई दिने चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको छ । 

मानसखण्ड गुरुकुलको आयोजना तथा डिलाशैनी गाउँपालिकाको प्रवद्र्धनमा चौथो संस्करणको चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको हो । 

गंगा दशहराको अवसरमा मंगलबार शुरु भएको सम्मेलन काव्य गोष्ठीसहित सम्पन्न भएको मानसखण्ड गुरुकुलका प्रबन्ध निर्देशक हेमबाबु लेखकले जानकारी दिए । 

चर्मण्वती सभ्यताको बिषयमा सबैलाई जानकारी दिने, साहित्यका माध्यमबाट संस्कृतिको संरक्षण र आदानप्रदान गर्ने, स्थानीय संस्कृतिको जगेर्ना गर्ने लगायतका उद्देश्य राखेर सम्मेलन आयोजना गरिएको लेखकले बताए । 

साहित्य सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विधाका साहित्यकारहरुको सहभागिता रहेको थियो । साहित्य सम्मेलन तथा काव्य गोष्ठीमा साहित्यकारहरुले आ–आफ्ना प्रस्तुतीहरु राखेका थिए । 

सम्मेलनले छिमेकी देशसँगको सांस्कृतिक सम्बन्धलाई समेत बलियो बनाएको साहित्यकार रमेश पन्त ‘मितबन्धु’ले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update