एबीसी कप : शुक्रबार चार खेल सम्पन्न

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–२, देहिमाण्डौमा जारी चौथो संस्करणको एबीसी कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार चार खेल सम्पन्न भएका छन् । 

आज भएको पहिलो खेलमा एनवाइसी थानचौरालाई ७१ रनले हराउँदै आयोजक डिजे वारियर्स विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको डिजे वारियर्सले निर्धारत १० ओभरमा दुई विकेटको क्षतिमा १ सय १३ रन बनाएको थियो । 

१ सय १४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थानचौर ७ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो । उक्त खेलमा डिजे वारियर्सका महेश नाथ ५३ रन र २ विकेट सहित म्यान अफ दि म्याच घोषित भए ।

आज भएको दोश्रो खेलमा रोयल किंग्सले गैरचाडीलाई २१ रनले पराजित गर्दै विजयी भएको छ । किंग्सले निर्धारित १० ओभरमा १ सय १२ रन बनाएको थियो । 

१ सय १३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको गैरचाडीले निर्धारित १० ओभरमा ९१ रनमात्रै बनाउन सक्यो । 

आज भएको तेश्रो खेलमा आयोवक डिजे वारियर्सले गैरचाडीलाई १ सय ३५ रनले पराजित गर्दै विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आयोजक डिजे वारियर्सले निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १८५ रनको विशाल योगफल तयार पारेको थियो । 

१८६ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको गैरचाडीले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै मात्र ५५ रन बनाउन सक्यो । उक्त खेलमा डिजे वारियर्सका पंकज पन्त म्यान अफ द म्याच घोषित भ ए।

आजै भएको चौथो खेलमा डिजे वारियर्सले रोयल किंग्सलाई ८७ रनले पराजित गरेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयोजक डिजे वारियर्सले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा १५९ रनको विशाल योगफल तयार पारेको थियो । १६० रनको विशाल लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको रोयल किंग्सले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ७२ रन मात्र बनाउन सक्यो । उक्त खेलमा डिजे वारियर्सका लक्ष्मण कार्की म्यान अफ द म्याच घोषित भए ।

यो सँगै एबीसी कपमा लिग चरणका खेल सम्पन्न भएका छन् । क्वाटरफाइनलमा पुग्ने आठ टोलीको टुङ्गो लागेको प्रतियोगिता संयोजक लवकुश बोहराले बताए । गुरुखोला लायन्स, दुर्गाभवानी, रोयल किङ्स, आयोजक डिजे वारियर्स, शिवशक्ति वारियर्स, जेएवाइसी थालीगडा, बैतडा र डाँडाबाघ क्वाटरफाइनलमा पुगेका छन् । भोलिदेखि क्वाटरफाइनलका खेल सञ्चालन हुने बोहराले बताए । 

यही कार्तिक १५ देखि शुरु भएको प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख १ सय ११ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो हुने टीमलाई नगद ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा म्यान अफ दि सिरिजलाई ७ हजार ५ सय नगदसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै बेस्ट ब्याट्सम्यानलाई ५ हजार एक सय नगदसहित ट्रफी र प्रमाण पत्र, बेस्ट बलरलाई ५ हजार एक सय नगदसहित ट्रफी र प्रमाण पत्र र उदयीमान खेलाडीलाई ३ हजार १ सय नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक लवकुशबोहराले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update