संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन
काठमाण्डौ – प्रतिनिधिसभाको हिजोको बैठकमा भएको घटनाबारे छानबिन गर्न सभामुख डोलप्रसाद (डीपी) अर्यालले समिति गठन गरेका छन् ।
सदन अवरोध गर्दा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अर्यालले समिति गठन गरेका हुन् । सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद्को आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उनले सभालाई जानकारी गराए । समितिले ७ दिनभित्र प्रतिवेदन तयार पार्नेछ ।
बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अर्यालले समिति गठनबारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३ १७:४६
प्रतिक्रिया दिनुहोस्





