Sagun Khabar
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा रामचन्द्र नेपाल नियुक्त

कैलाली –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका रामचन्द्र नेपाल नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमलबहादुर शाहले उनलाई कुलपतिमा नियुक्त गरेका हुन् । 

यस्तै, प्रतिष्ठानको उपकुलपतिमा कञ्चनपुरकी सरस्वती दाहाल र सदस्य सचिवमा कैलालीका सुरत रावत नियुक्त भएका छन । 

प्रतिष्ठानका सदस्यमा डोटीकी कृष्णा सिराडी र बझाङका विष्णुभक्त खैर नियुक्त भएका छन्। सिफारिस समितिको निर्णयका आधारमा मुख्यमन्त्री शाहले उक्त नियुक्ति गरेका हुन् । 

यसअघि प्रतिष्ठानका २२ जना प्रज्ञा सभा सदस्य नियुक्त भइसकेका छन् । नयाँ नेतृत्व चयनसँगै प्रतिष्ठानका संस्थागत गतिविधि तथा भाषा, साहित्य, कला, संस्कृति र अनुसन्धानका क्षेत्रमा हुने कामले थप गति लिने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा बौद्धिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकास गर्ने उद्देश्यले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान गठन गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update