बैतडी –राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दैैै सहभागी भएकी बैतडीकी तीन खेलाडीले स्वर्ण पदक दिलाएकी छन् ।
आजदेखि काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथेलेटिक्सतर्फ १५ सय मिटर दौडमा पुर्चौंडीस्थित मालिका मावि भटनाकी छात्रा अस्मिता धानुकले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएकी हुन् ।
यस्तै सटपटमा पुर्चौंडीस्थित महादेव मावि शिबाबोकी छात्रा पूजा साउँदले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएको जिल्ला खेलकुद समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशीले बताए ।
यस्तै हाइजम्पतर्फ दोगडाकेदारस्थित रौलेश्वर मावि कालागाउँकी छात्रा सुनिता पार्कीले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएको कार्यालय प्रमुख जोशीले बताए ।
सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै बैतडीबाट सहभागी भएका खेलाडीहरुले स्वर्ण पदक ल्याउँदा निकै खुसी लागेको जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।





