Sagun Khabar
कम्बोडियामा लुकेका नेपालीलाई जेठ २९ भित्र फर्कन अल्टिमेटम: अटेर गरे आजीवन जेल 

थाइल्याण्डस्थित नेपाली दूतावासले कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बसिरहेका नेपाली नागरिकहरूलाई यही जेठ २९ गतेभित्र अनिवार्य रूपमा नेपाल फर्कन कडा अनुरोध गरेको छ।

भिसाको अवधि सकिएर पनि गैरकानुनी रूपमा बसिरहेका ६ सय २ जना नेपालीहरूलाई कम्बोडिया सरकारसँग समन्वय गरी भिसा शुल्क र जरिवाना मिनाहा गराएर नेपाल फर्कने व्यवस्था मिलाइएको थियो। तर, दूतावासले इमेल, फोन र ह्वाट्सएपमार्फत पटक(पटक सम्पर्क गर्दा पनि ती नेपालीहरूले फर्कन चासो नदेखाएको पाइएको छ।

दूतावासका अनुसार कम्बोडियाको नयाँ र कडा कानुनी व्यवस्थाअनुसार तोकिएको समय ९जेठ २९० भित्र स्वदेश नफर्कने विदेशी नागरिकहरू तत्काल पक्राउ पर्नेछन्। उनीहरूलाई कसुरको प्रकृति हेरी ५ लाख अमेरिकी डलर ९करिब साढे ६ करोड नेपाली रुपैयाँ० सम्म जरिवाना र आजीवन काराबास ९जेल० सम्मको कडा सजाय हुन सक्ने चेतावनी दूतावासले दिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update