काभ्रेमा बस दुर्घटना : आठ जनाको मृत्यु
काठमाण्डौं –बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा म८ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार मृत्यु हुनेमा ४ पुरुष र ४ महिला रहेका छन् । उनीहरू कसैको पनि पहिचान हुन सकेको छैन ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३ १८:०९
प्रतिक्रिया दिनुहोस्





