बझाङमा आपसी विवादमा एक जनाको हत्या, ६ जना पक्राउ
बझाङ –बझाङमा एक जनाको हत्या भएको छ । केदारस्युँ गाउँपालिका–६ को त्याडीगाउँका ४२ बर्षीय मोहनबहादुर बोहराको हत्या भएको प्रहरीले जनाएको छ ।
उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले शुक्रबार साँझ आपसी विवादका क्रममा बोहराको हत्या गरेको पाइएको बताए ।
हत्यामा संलग्न भएको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।
बोहराको शव मकै बारीमा फालेको अवस्थामा फेला परेको छ ।
डीएसपी जोराले अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको बताउँदै घटनाबारे विस्तृत विवरण त्यसपछि सार्वजनिक गरिने जानकारी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, असार २१, २०८३ १५:३२
प्रतिक्रिया दिनुहोस्





