Sagun Khabar
चितवनमा बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु 

काठमाण्डौ — चितवनमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

खैरहनी नगरपालिका वडा नम्बर १ तरकारी चोकमा पर्ने पूर्वपश्चिम राजमार्गमा बस र मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

दिउँसो नारायणगढबाट बर्दिबासतर्फ गुडिरहेको बस र विपरीत दिशामा रहेको मोटरसाइकल ठोक्किएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक झन्डै ३२ वर्षीय पुरुष र पछाडि सवार झन्डै २६ वर्षीया महिलाको ज्यान गएको हो । मृतकहरूको पहिचान खुलेको छैन ।
 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update