बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मोहनराज जोशी हाजिर भएका छन् ।
भूमि व्यवस्था,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन पहिला उपसचिव जोशीलाई पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो । जोशी आज नगरपालिकामा हाजिर भएका बताइएको छ ।
बैतडीसहित सुदूरपश्चिमका डोटी र डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी रुपमा समेत काम गरिसकेका जोशीलाई एक कार्यक्रमकाबीच नगरपालिकामा स्वागत गरिएको छ ।
नगर प्रमुख दिपकबहादुर बम लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत जोशीको स्वागत गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख दिपकबहादुर बमले नगरपालिकाका कामलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउनका सिङ्गो नगरपालिका एक भएर अघि बढ्ने बताए ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत जोशीले नगरपालिकाको समग्र कामकाजलाई व्यवस्थित बनाइ नागरिकमैत्री सेवा प्रवाह दृढ रहेको बताए ।




