Sagun Khabar
पाटनमा कांग्रेसको संस्थापन इतर पक्षको अधिवेशन सम्पन्न, सभापतिमा विरेन्द्रसिंह बिष्ट चयन 

बैतडी –नेपाली कांग्रेसको संस्थापन इतर पक्षले बैतडीको पाटनमा नगर अधिवेशन सम्पन्न गरेको छ । बुधबार भएको नगर अधिवेशनले विरेन्द्रबसिंह बिष्टलाई सभापतिमा चयन गरेको कांग्रेसका युवा नेता कपील केसीले बताए । 

उक्त समितिको उपसभापतिमा बहादुरसिंह बिष्ट र बिरबहादुर बिष्ट, सचिवमा उद्धवराज पन्त र योगेन्द्र कठायत, सहसचिवमा निर्मला भट्टराई लगायत अन्य सदस्यहरु चयन भएका छन् । 

नगर अधिवेशनले सर्वसम्मत रुपमा नगरकार्य समिति चयन गरेको केसीले बताए । 

कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन गरिरहेका बेला देउवा पक्ष स्थानीयस्तरका अधिवेशनहरुमा केन्द्रित रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update