बैतडीमा ट्रक दुर्घटना
बैतडी - बैतडीमा ट्रक दुर्घटना भएको छ ।
बुधबार राति करिब ८:२० बजे साहिलेक कृषि विकास बैंक नजिकै ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रक सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीको स्रोतमा उल्लेख गरिएको छ ।
धनगढीबाट बैतडी आउँदै गरेको सुपप्र ००१ ख २६११ नम्बरको ट्रक बैतडीको साहिलेक बजारमा दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०८३ २१:५९
प्रतिक्रिया दिनुहोस्




