Sagun Khabar
देउवा पक्षीय कांग्रेसको सुर्नया सभापतिमा केशवबहादुर बिष्ट निर्वाचित 

बैतडी–नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट कांग्रेसको सुर्नया गाउँपालिका सभापतिमा केशवबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन् । 

बिहीबार भएको गाउँ अधिवेशनले बिष्टको सभापतित्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उक्त समितिको उपसभापतिमा धनबहादुर बिष्ट र मानमती धामी कुँवर, सचिवमा दिपकराज भट्ट र कृष्ण बिष्ट, सहसचिवमा कल्पना कुँवर र सुरेन्द्रबहादुर महरा, कोषाध्यक्षमा दुर्गा बिष्ट पाण्डेय लगायत अन्य सदस्यहरु चयन भएका छन् । 

संस्थापन पक्ष केन्द्रीय महाधिवेशनमा केन्द्रित रहेका बेला देउवा समूह भने स्थानीयस्तरका अधिवेशनमा केन्द्रित रहेको छ । संस्थापन पक्षले यसअघि नै वडा, पालिका र क्षेत्रीय अधिवेशन गरिसकेको भएपनि देउवा पक्षले समानान्तर अधिवेशन गरिरहेको हो । 

नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन आफू लागिपर्ने सुर्नया सभापति बिष्टले बताए । पार्टीभित्र अहिले अन्तरविरोध देखिएको र यो समस्या समाधान हुने उनको दाबी छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update