बैतडी प्रशासनमा नागरिकता बनाउनेको भीड
बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता बनाउनेको संख्या बढेको छ । दशैँको बिदापछि कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र लिने नागरिकको संख्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारुले बताए ।
चाडपर्वको समयमा विभिन्न कामले बाहिर रहेकाहरु घर फर्कने, रोजगारीका लागि भारत गएकाहरु घर फर्कने गरेकाले यो समयमा नागरिकता बनाउनेको संख्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले बताए ।
दैनिक एक सय बढी नागरिक नेपाली नागरिकताको प्रमाणपत्र बनाउनका लागि प्रशासन कार्यालयमा पुग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी थारुले बताए ।
नेपाली नागरिकताको प्रमाणपत्रका साथै राष्ट्रिय परिचय पत्र, राहदानी, नाबालिग परिचयपत्र बनाउनेको संख्या समेत बढेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३ १७:१७
प्रतिक्रिया दिनुहोस्




