उदयदेव पाटन प्रिमियर लिगको उपाधि उदयदेव कैलपाल युवा क्लबले जित्यो

बैतडी–बैतडीको पाटनमा सम्पन्न छैटौं संस्करणको उदयदेव पाटन प्रिमियर लिगको उपाधि उदयदेव कैलपाल युवा क्लब (क्वालीटी)ले जितेको छ । 

कृष्ण माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा पाटन भ्याली क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै क्वालिटीले उपाधि हात पारेको हो ।  

टस जितेर पहिला ब्याटिङ गरेको कैलपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २१२ रन बनायो । 

कैलपालका आकास चन्दले ८० तथा प्रदीप चन्दले ५० रनको अर्धसतकीय इनिङ खेले । भ्यालीका टेक जोशीले ५ विकेट लिए ।

२१३ रनको विजयी लक्ष्य पछ्याएको भ्यालीले निर्धारित २० ओभरमा १७६ रन बनाएको थियो । भ्यालीका प्रकाश पाण्डेयले ५९ तथा लक्ष्मण कार्कीले ५१ रनको योगदान दिएपनि जित निकाल्न सकेन् । 

उक्त प्रतियोगितामा म्यान अ फ द सिरिज कैलपालका खडक बोहरा चुनिए । बेस्ट ब्याट्सम्यान खडक बोहरा चुनिए । यसैगरी बेस्ट बलर पाटन स्टारका निखिल चन्द चुनिए ।

उपाधिसँगै उदयदेव कैलपाल युवा क्लबले १ लाख ५५ हजार ६६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ  भने  उपविजेता  टोली पाटन भ्यालीले ५५ हजार ६६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update