हिस्टुन सुदूरपश्चिमको अध्यक्षमा ठण्डबहादुर खड्का चयन

बैतडी –माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन)को सुदूरपश्चिम प्रदेश कार्यसमिति अध्यक्षमा ठण्डबहादुर खड्का चयन भएका छन् । 

बिहीबार कैलालीको धनगढीमा सम्पन्न तेश्रो प्रदेश अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

उक्त समितिको उपाध्यक्षमा सुरेशकुमार हमाल, पार्वती नाथ र पुनम पाल चयन भएका छन् । यस्तै समितिको महासचिवमा डम्मरदत्त जोशी, उपमहासचिवमा भगवती कुँवर र भुवनराज जोशी लगायत अन्य सदस्यहरु चयन भएका हिस्टुनका केन्द्रीय सचिव अर्जुन कुँवरले जानकारी दिए । 

अधिवेशनमा हिस्टुनका केन्द्रीय सह अध्यक्ष विष्णुबहादुर दौल्याल, केन्द्रीय उपाध्यक्ष विष्णु खनाल, केन्द्रीय सचिव अर्जुन कुँवर,  हिस्टुनका प्रदेश कार्यसमिति पदाधिकारी, हिस्टुनका सदस्य लगायतको सहभागिता रहेको थियो । अधिवेशनमा सहभागी केन्द्रीय पदाधिकारी लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको छ । पेशागत सुरक्षाको अभियानमा खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मान गरिएको हिस्टुनले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update