सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ३ सय रुपैयाँले घट्यो
काठमाण्डौ – सुनचाँदीको भाउ घट्नेक्रम रोकिएको छैन ।
आज पनि सुनचाँदीको भाउ घटेको छ । सुन आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो ।
भाउ घटेर सुन आज तोलाको २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँले घटेको थियो । सुन हिजो तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारयता सुनको भाउ निरन्तर घट्दै आएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ११० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ३ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
यसअघि हिजो चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि निरन्तर घटिरहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३ १३:३३
प्रतिक्रिया दिनुहोस्




