मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

काठमाण्डौ – मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् । गठबन्धनका दुई दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिने कार्यक्रम रहेकोमा विश्वासको मत पाउने सम्भावना नरहेपछि उनले प्रदेशसभाको बैठकमा आफ्नो मन्तव्य राख्दै पदबाट राजीनामा दिएका हुन् । 

कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गएको असोज २५ गते र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का चार जना मन्त्रीले कात्तिक २० गते राजीनामा दिएका हुन् । दुवै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले राजीनामा दिनुपरेको हो ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक सदस्य छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update