Sagun Khabar
बझाङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाका ज्यान गएको हो । जिल्ला अस्पताल बझाङमा उपचाररत उनको आइतबार राती मृत्यु भएको डा. मिलन खड्काले बताए  ।

उनी आइतबार मात्रै अस्पताल भर्ना भएकी थिइन् ।  जिल्ला अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायणप्रसाद जोशीले बताए ।

यस्तै आइतबार राति नै तल्कोट गाँउपालिका–१ की एक संक्रमितको पनि मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि घर जाने क्रममा बीच बाटोमा नै उनको आइतबार राती १२ वजे ज्यान गएको आफन्तले जनाएका छन्।
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update