Sagun Khabar
बझाङमा एक महिनापछि जयपृथ्वी राजमार्ग सुचारु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङको जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । असोज ३१ देखि कात्तिक ३ गते सम्म परेको बेमौसमी वर्षाका कारण सेती नदीले राजमार्गमा क्षति पुर्याएपछि सडक अवरुद्ध बनेको थियो ।

नारुगौडामा बम विस्फोट गरेर र जाल्या बगरमा सेती नदीको धार नै परिवर्तन गरेर राजमार्गलाई शनिबारदेखि सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । 

बाटो खुलेसँगै शनिबार बिहान देखि साना तथा ठूला गाडीहरु नियमित रुपमा चल्न थालेका छन् । राजमार्ग अवरुद्ध बनेपछि सदरमुकाम चैनपुर लगायतका स्थानीय बजारहरुमा महंगी बढ्नुका साथै कालो बजारी मौलाएको थियो ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update