Sagun Khabar
बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका –५ का १२ वर्षीय बिरे कुँवरको राष्ट्रिय प्रसारण लाइनको पोलमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार बेलुकी करेन्ट लागेर घाइते भएका उनको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा ज्यान गएको  जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update