Sagun Khabar
बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital


बझाङ-बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको चुरे गाउँपालिका ६ घर भएका १८ बर्षीय ट्रयाक्टरका सहचालक पुरन साउँदको मृत्यु भएको हो ।

ढुंगा लोड गरेर लैजाँदै गरेको ट्याक्टर अनियिन्त्रत भई जयपृथ्वी नगरपालिका –१० खेइरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।

बुधबार दिउँसो २ बजे भएको दुर्घटना लगत्तै चालक फरार रहेका छन् ।  
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update