Sagun Khabar
बझाङमा १२ बर्षीय बालक मृत फेला 

बझाङ –बझाङमा १२ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको सुर्मा गाउँपालिका घर भई हाल सदरमुकाम चैनपुरमा बस्दै आएका सहदेव सुर्मेलि मृत भेटिएका हुन् ।

बुधबार दिउँसो १ बजेको समयमा चैनपुरको आफ्नै घरमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर बिष्टले बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update